नेपाली

चीन-जर्जिया दौत्य सम्बन्धको ३०औँ वार्षिकोत्सवको अवसरमा चिनियाँ र जर्जियाका नेताबीच बधाई साटासाट

CRI2022-06-09 18:09:18

जुन ९ तारिख राष्ट्राध्यक्ष सी चिनफिङ र जर्जियाका राष्ट्रपति जुराबिस्भिलीले दुई देशबीचको दौत्य सम्बन्ध स्थापना भएको ३०औँ वार्षिकोत्सवका अवसरमा आपसमा बधाई सन्देश आदानप्रदान गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीका अनुसार चीन र जर्जिया परम्परागत मैत्रीपूर्ण सहयोगात्मक साझेदार हुन्।

दौत्य सम्बन्ध स्थापना भएको ३० वर्षयता यी दुबै पक्षले विभिन्न क्षेत्रको सहयोगलाई खास तथा प्रभावकारी प्रवर्द्धन गर्दै आपसी सम्बन्धलाई स्थिर तथा स्वस्थ ढंगले विकास गर्दै आएका छन्।

चीनले जर्जियाको सम्बन्धलाई जोड दिँदै यस ३०औँ वार्षिकोत्सवको अवसरमा दुबै पक्षबीच विभिन्न क्षेत्रको सहयोगलाई प्रवर्द्धन गर्दै जानेछ।

प्रत्युत्तरमा जर्जियाली राष्ट्रपति जुराबिस्भिलीले चीनसँग आपसी पारस्पिरक हित सहयोगलाई गहन पार्दै दुबै मुलुकको साझा समृद्धिका लागि प्रयास गर्दै जाने आशा आफूले लिएको विचार व्यक्त गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn