नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङ र संयुक्त अरब ईमिरेट्सका राष्ट्रपति शेख मुहमदबीच टेलिफोन वार्ता

CRI2022-06-01 14:10:22

मै ३१ तारिखका दिन चीनका राष्ट्राध्यक्ष सी चिनफिङले संयुक्त अरब ईमिरेट्सका राष्ट्रपति शेख मुहमदसँग टेलिफोन वार्ता गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीका अनुसार चीन र संयुक्त अरब ईमिरेट्सको संयुक्त प्रयासमा दुई मुलुकबीचको सम्बन्ध राम्रो दिशा तर्फ विकसित भएको छ। दुई मुलुकले समाजका विभिन्न क्षेत्रमा गहन रूपमा सहयोग गरेको छ। महामारीको अवधिमा दुई मुलुकले आपसी सहयोग गरेर संयुक्त रूपमा महामारीको प्रतिरोध गरेको छ।

प्रत्युत्तरमा संयुक्त अरब ईमिरेट्सका राष्ट्रपति शेख मुहमदले बेइजिङ ओलम्पिक खेलकुद समारोहमा सहभागी हुनुकासाथै राष्ट्राध्यक्ष सीसँग भेटवार्ता गर्नपाउँदा ज्यादै खुसी लागेको व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा चीनसँगको सहयोग अझै बढ्ने आशा पनि गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn