नेपाली

सोमालियाका नव निर्वाचित राष्ट्रपतिलाई सीद्वारा बधाई

CRI2022-06-01 13:57:57

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले संघीय गणतन्त्र सोमालियाका नव निर्वाचित राष्ट्रपति हामूदलाई बधाई सन्देश पठाउनुभएको छ।

राष्ट्राध्यक्ष सी चिनफिङले चीन र सोमालियाबीच गहिरो मित्रता रहेको भन्दै दुई पक्षले पारस्परिक केन्द्रिय हित तथा रूचिका विषयहरूमा एक आपसलाई दृढ समर्थन दिइरहेको उल्लेख गर्नुभयो। चीन-सोमालिया सम्बन्धको विकासमा उच्च ध्यान दिनुका साथै राष्ट्रपति हामूदसँग दुई देशका विभिन्न क्षेत्रका सहयोगलाई बढाएर दुई देश तथा दुई देशका जनतालाई फाइदा पुर्याउने इच्छा लिएको पनि सीले बताउनुभयो।

Close
Messenger Pinterest LinkedIn