नेपाली

सुङ छिङलिन कोष स्थापनाको ४०औँ वार्षिकोत्सवमा राष्ट्राध्यक्ष सीद्वारा बधाई सन्देश

CRI2022-05-31 14:46:38

चीनको सुङ छिङलिन कोष स्थापना भएको ४०औँ वार्षिकोत्सवको अवसरमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले बधाई सन्देश पठाएर कोषका समस्त कमरेडहरूलाई हार्दिक शुभकामना व्यक्त गर्नुका साथै कोषलाई योगदान गरेका विदेशका विभिन्न पक्षका व्यक्तिहरूलाई पनि शुभकामना व्यक्त गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले ४० वर्षयता चिनियाँ कम्युनिष्ट पार्टीको दृढ नेतृत्वमा चीनको सुङ छिङलिन कोषले सुङ छिङलिनको महान भावना बोकेर अन्तर्राष्ट्रिय मित्रतालाई बढाउन, थाइवान जलडमरूका दुई किनार र हङकङ, मकाउबीचको आदान-प्रदान, युवा कार्यको विकासलगायतका विषयमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुभएको छ। कोषले चिनियाँ कम्युनिष्ट पार्टीसँग दीर्घकालीन रूपमा सँगै रहने सुङ छिङलिनको विचारलाई लिएर चीन राष्ट्रको पुनरूत्थानको महान सपनालाई व्यवहारमा उतार्न अरू योगदान गर्नसक्ने आशा लिएको पनि सीले व्यक्त गर्नुभयो।

चीनको सुङ छिङलिन कोष स्थापना भएको ४०औँ वार्षिकोत्सव समारोह ३१ तारिख पैचिङमा आयोजना भएको छ।

Close
Messenger Pinterest LinkedIn