नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङ र हङगकङगका महा प्रशासकबीच भेटघाट

CRI2022-05-31 13:37:26

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले मे ३० तारिख दिउँसो त्याउ यु थाइ राष्ट्रिय अतिथि भवनमा नयाँ निर्वाचित र केन्द्रीय सरकारद्वारा मनोनिद हङगकङग विशेष प्रशासनिक क्षेत्रका छैटौँ महा प्रशासक ली का च्यु जोनसँग भेटघाट गर्नुभएको छ।

भेटका अवसरमा राष्ट्राध्यक्ष सीले निर्वाचित हुनुभएकामा केन्द्रीय सरकारद्वारा मनोनिद हङगकङग विशेष प्रशासनिक क्षेत्रका छैटौँ महा प्रशासक ली का च्यु जोनलाई हार्दिक बधाई व्यक्त गर्नुभयो।

राष्ट्राध्यक्ष सीका अनुसार, चालु वर्ष हङगकङग मातृभूमिमा समाहित भएको २५ औं वार्षिकोत्सव हो। बितेका २५ वर्षयता अधिकांश कठिनाई र चुनौती देखा परे तापनि एक देश दुई व्यवस्थालाई हङगकङगले व्यवहारमा उतारेको कुरालाई अन्तर्राष्ट्रिय समुदायले मान्यता दिएको छ। नयाँ पुस्ताको विशेष प्रशासनिक क्षेत्र सरकारले नयाँ छवि देखाउन सक्ने र हङकङको भावी विकासमा नयाँ प्रगति प्राप्त गर्न सक्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn