नेपाली

चीन राष्ट्रिय सार्वजनिक सुरक्षा प्रणालीका नमूना व्यक्ति तथा समूहलाई पुरस्कार वितरण

CRI2022-05-25 16:57:45

मे २५ तारिख बिहान पैचिङमा चीन राष्ट्रिय सार्वजनिक सुरक्षा प्रणाली हिरो, नमूना व्यक्तित्व र समूह पुरस्कार वितरण समारोह आयोजित भएको छ। समारोहमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष र केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले उपस्थित प्रतिनिधिहरूसित भेटघाट गर्दै उनीहरूलाई हार्दिक बधाई दिनुभएको छ। साथै सीले देशभरका सहायक प्रहरीलाई पनि हार्दिक शुभकामना दिनुभएको छ।

प्राप्त जानकारी अनुसार, उक्त समारोहमा राष्ट्रिय सार्वजनिक सुरक्षा प्रणालीका ९८२ अग्र युनिट र १४८५ अग्र व्यक्तित्वलाई प्रशंसा गर्दै पुरस्कार वितरण गरिएको छ।

Close
Messenger Pinterest LinkedIn