नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा अमेरिकी मित्रलाई जवाफी पत्र

cri2022-05-25 09:39:02

हालै चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अमेरिकाको आइओवा राज्यकी मित्र श्रीमती सारा रान्दीलाई जवाफी चिठी पठाउनुभएको छ।

आफ्नो पत्रमा राष्ट्राध्यक्ष सीले यसरी उल्लेख गर्नुभएको छ: मैले दुईपटक सुन्दर आइओवा राज्यको भ्रमण गर्दै मास्काटिन शहरसँग सुमधुर सम्बन्धको स्थापना गरेको छु। चीन अमेरिका दुवै देशका जनता महान जनता भएकाले जन मित्रता एक किसिमको मूल्यवान धनसम्पत्ति हुनुका साथै त्यसले दुवै देश सम्बन्धको विकासका लागि महत्वपूर्ण पूर्वाधारको सिर्जना गर्ने छ।

श्रीमती सारा रान्दीले सन् १९८५ मा चीनको हपै प्रान्तको चङ तिङ जिल्लाका तत्कालीन सचिव सी चिनफिङको मास्काटिन शहरको भ्रमण ताका उहाँको स्वागत गर्नुभएको थियो। केही दिनअघि श्रीमती रान्दीले राष्ट्राध्यक्ष सीलाई पत्र पठाउँदै पुराना साथीहरूको माया र मूल्यवान भावनाप्रति राष्ट्राध्यक्ष सीलाई कृतज्ञता प्रकट गर्नुभएको थियो।

Close
Messenger Pinterest LinkedIn