नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङ र टिमोर-लेस्टेका राष्ट्रपति होर्टाबीच दुई मुलुकबीच दौत्य सम्बन्ध स्थापनाको २०औँ वार्षिकोत्सव अवसरमा बधाई सन्देश आदानप्रदान

cri2022-05-20 14:14:11

मे २० तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले टिमोर-लेस्टेका राष्ट्रपति जोस रामोस होर्टासँग टिमोर-लेस्टेको स्वतन्त्रता पुनःप्राप्त भएको २०औँ वार्षिकोत्सव तथा चीन र टिमोर-लेस्टे बीच दौत्य सम्बन्ध स्थापना भएको २०औँ वार्षिकोत्सवको अवसरमा एक अर्कालाई बधाई ज्ञापन गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले दुई मुलुकको सम्बन्धको विकासमा महत्व दिएको बताउँदै राष्ट्रपति होर्टासँग मिलेर दुई मुलुकको मैत्रीपूर्ण, पारस्परिक विश्वास र पारस्परिक हितको चौतर्फी सहयोगात्मक साझेदार सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन चाहेको व्यक्त गर्नुभएको छ।

यसै गरी, राष्ट्रपति होर्टाले चीनले टिमोर-लेस्टेको राष्ट्रिय निर्माण प्रक्रियामा दिएको समर्थनप्रति कृतज्ञाता व्यक्त गर्नुभयो।

सोही दिन चीनका प्रधानमन्त्री ली खछ्याङ र टिमोर-लेस्टेका प्रधानमन्त्री टाउर मतन रुकले पनि एक अर्काबीच बधाई साटासाट गर्नुभएको थियो।

Close
Messenger Pinterest LinkedIn