नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा ब्रिक्स राजनीतिक पार्टी, थिङ्क ट्याङ्क र नागरिक समाज संगठन मञ्चलाई बधाई सन्देश

cri2022-05-20 10:53:50

मे १९ तारिख ब्रिक्स राजनीतिक पार्टी, थिङ्क ट्याङ्क र नागरिक समाज संगठन मञ्च अनलाइनमार्फत पैचिङमा शुरु भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले उक्त मञ्चलाई बधाई सन्देश दिनुभएको छ।

राष्ट्राध्यक्ष सीले चीनले ब्रिक्स मुलुकहरू लगायत विश्वको विभिन्न मुलुकसँग मिलेर संयुक्त राष्ट्र संघको सन् २०३० दिगो विकास विषय एजेण्डालाई व्यवहारमा उतार्न गति प्रदान गर्ने, विश्वको विकास प्रस्तावलाई व्यवहारमा उतार्न अगाडि बढाउने तथा विश्व विकास समुदायको संयुक्त रुपमा सिर्जना गर्ने कुरामा जोड दिनुभएको छ।

राष्ट्राध्यक्ष सीले ब्रिक्स मुलुकहरू र विकासोन्मुख मुलुकहरूका राजनीतिक पार्टी, थिङ्क ट्याङ्क र नागरिक समाज संगठनहरूले जिम्मेवारी वहन गर्दै आदान-प्रदानलाई सबल पार्ने, विश्वको साझा विकास, मानव भाग्य समुदायकालागि भूमिका निर्वाह गर्ने आशा पनि व्यक्त गर्नुभयो।

Close
Messenger Pinterest LinkedIn