नेपाली

सी चिनफिङद्वारा नानचिङ विदेशबाट अध्ययन गरेर फर्केकालाई जवाफी पत्र

cri2022-05-19 18:29:50

मे १८ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले नानजिङ विश्वविद्यालयमा विदेशबाट अध्ययन गरेर फर्केका युवा विद्वानहरूलाई जवाफी पत्र पठाउनु भएको छ। उक्त पत्रमा सीले उहाँहरूमाथि उच्च अपेक्षा राखेको विचार व्यक्त गर्नु भएको छ।

आफ्नो जवाफी पत्रमा राष्ट्राध्यक्ष सी चिन फिङले लेख्नु भएको छ, “तपाईंहरुले ली सि क्वाङ र छङ खाइ च्या जस्ता पुराना पुस्ताका वैज्ञानिकहरूको उदाहरण पछ्याउनुभएको छ। विदेशमा अध्ययन गरेपछि विज्ञान र शिक्षाको क्षेत्रमा लाग्न चीन फर्किनुभयो र आ–आफ्नो पदमा रहेर मातृभूमि र जनताको सेवाका लागि मिहिनेत गर्नुभयो। फलदायी नतिजा हासिल भएकामा म धेरै खुसी छु। ”

जवाफ पत्रमा राष्ट्राध्यक्ष सी चिनफिङले लेख्नु भएको छ: "नानचिङ विश्वविद्यालय स्थापनाको १२० औँ वार्षिकोत्सवका अवसरमा, म तपाईहरु र सम्पूर्ण शिक्षक, विद्यार्थी, कर्मचारी र पूर्व विद्यार्थीहरूलाई मेरो न्यानो शुभकामना र हार्दिक बधाई दिन चाहन्छु! ”

Close
Messenger Pinterest LinkedIn