नेपाली

चिनियाँ राष्ट्राध्यक्ष तथा फिलिपिन्सका नवनिर्वाचित राष्ट्रपति बीच टेलिफोन वार्ता

CRI2022-05-18 14:35:00

मे १८ तारिख बिहान चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले फिलिपिन्सका नवनिर्वाचित राष्ट्रपति फर्डिनान्ड मार्कोससँग टेलिफोन वार्ता गर्नुभएको छ। फिलिपिन्सको राष्ट्रपति पदमा निर्वाचित हुनुभएकोमा टेलिफोनमार्फत सीले मार्कोसलाई फेरि एकपटक बधाई ज्ञापन गर्नुभएको हो।

टेलिफोनको क्रममा राष्ट्राध्यक्ष सी चिनफिङले जोड दिँदै भन्नुभयोः चीन र फिलिपिन्सबीचको परम्परागत मित्रतालाई निरन्तरता दिँदै द्विपक्षीय सम्बन्धलाई अझ उज्ज्वल भविष्यतर्फ लैजानुपर्छ।

साथै फिलिपिन्सले स्वतन्त्र परराष्ट्र नीतिलाई निरन्तरता दिने आशा पनि राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभयो। मुख्य अन्तर्राष्ट्रिय र क्षेत्रीय विषयहरूमा चीनले फिलिपिन्ससँगको रणनीतिक सम्पर्क र समन्वयलाई सुदृढ पार्दै सो क्षेत्रको शान्ति तथा विकासलाई कायम राख्दै जाने इच्छा पनि राष्ट्राध्यक्ष सीले राख्नुभएको छ।

टेलिफोनमा फिलिपिन्सका राष्ट्रपति मार्कोसले यसरी बताउनुभयोः फिलिपिन्सका जनताले चीनलाई सबैभन्दा महत्त्वपूर्ण साझेदारहरूमध्येको एक मानेका छन्। फिलिपिन्सको नयाँ सरकारले आफ्नो विदेश नीतिमा फिलिपिन्स-चीन सम्बन्धलाई प्राथमिकता दिनेछ।

साथै राष्ट्रपति मार्कोसले फिलिपिन्स-चीन सम्बन्धको अझ राम्रो भविष्य तथा पारस्परिक सुदृढ विकासप्रति ठूलो आशा राखेको भन्दै चिनियाँ पक्षसँग फिलिपिन्स-चीन सम्बन्धको विकासमा थप जीवन्त शक्ति प्रदान गर्न इच्छुक रहेको पनि बताउनुभयो।

Close
Messenger Pinterest LinkedIn