नेपाली

चिनियाँ समाजवादी युवा लिग सतवर्षिकी समारोहमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा सम्बोधन

cri2022-05-10 11:33:59

चिनियाँ समाजवादी युवा लिग स्थापना भएको सय वर्षको अवसरमा आज मे १० तारिख बिहान पैचिङ जन बृहत् सभा भवनमा भव्य रूपमा एक सतवर्षिकी समारोह आयोजना भएको छ। साथै चीनका राष्ट्राध्यक्ष सी चिनफिङले उक्त समारोलाई सम्बोधन गर्नुभएको छ।

सन् १९२१ को जुलाईमा औसत २८ वर्ष उमेरका १३ जना प्रतिनिधिहरूले चिनियाँ कम्युनिष्ट पार्टीको पहिलो महाधिवेशनमा भाग लिएको घटनालाई चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना भएको द्योतक मानिन्छ। यसपछि, चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा सन् १९२२ मा चिनियाँ समाजवादी युवा लिगको स्थापना भएको थियो। हालै सार्वजनिक गरिएको “नयाँ युगमा चिनियाँ युवा श्वेतपत्र” अनुसार, सन् २०२१ को अन्तसम्ममा चीनमा समाजवादी युवा लिगका सदस्यको कूल संख्या ७ करोड ३७ लाख १५ हजार पुगेको छ।

राष्ट्राध्यक्ष सीले एक सय वर्षयता चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा कम्युनिष्ट युवा लीगले पुस्तौँपुस्ताका युवालाई लिएर पार्टीसँग राष्ट्रिय स्वाधीनता, जनताको मुक्ति, समृद्ध र बलियो देश, जनताको सुखमय जीवनका लागि योगदान गरेको आफ्नो सम्बोधनमा व्यक्त गर्नुभएको छ। चिनियाँ कम्युनिष्ट युवा लीग चीनको युवा अभियानको अग्रगामी र पार्टीको वफादार सहायक तथा भरपर्दो भण्डार रहेको कुरा इतिहास र अभ्यासबाट पूर्ण रूपमा प्रमाणित भएको पनि सीले उल्लेख गर्नुभयो।

सीका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टीको युवा लीगले ठूलो विकास गर्नेछ। चिनियाँ कम्युनिष्ट पार्टीको युवा लीगले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा सबै चिनियाँ युवायुवती सँगसँगै मिलेर प्रयासमार्फत् बलियो र ठूलो शक्ति संगठन बन्ने छ। चीनको विकासमा ठूलो योगदान दिने छ।

सी चिनफिङले चिनियाँ कम्युनिष्ट युवा लीगप्रति चारवटा अपेक्षाहरू राख्नुभएको छ: पहिलो, पार्टीका लागि प्रतिभा खेती गर्दै सधैँ चिनियाँ युवाहरूको वैचारिक प्रगतिको नेतृत्व गर्ने राजनीतिक विद्यालय बन्नुपर्छ। दोस्रो, होशपूर्वक जिम्मेवारी लिने र चिनियाँ युवाहरूको अनन्त सङ्घर्षलाई संगठित गर्ने अग्रगामी बन्नुपर्छ। तेस्रो, सधैँ पार्टी र युवाहरू बीच बलियो पुल बन्नुपर्छ। चौथो, आत्म-क्रान्तिको साहससँगै सधैँ एक उन्नत संगठन बनेर पार्टीलाई नजिकबाट पछ्याउने र समयको अग्रभागमा रहने हुनुपर्दछ।

Close
Messenger Pinterest LinkedIn