नेपाली

अन्तरिक्ष क्षेत्रमा कार्यरत युवाहरूलाई सी चिनफिङको सन्देश

CRI2022-05-03 16:47:55

मे ४ तारिख युवा दिवसका उपलक्ष्यमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले चिनियाँ अन्तरिक्ष विज्ञान तथा प्रविधि समूह अन्तरिक्ष स्टेशन निर्माणमा संलग्न युवाहरूलाई जवाफी पत्र पठाउनुभएको छ। मे २ मा पठाउनु भएको सो पत्रमा नेता सीले अन्तरिक्ष क्षेत्रमा कार्यरत सबै युवाहरूलाई शुभकामना दिँदै उहाँहरूप्रति ठूलो अपेक्षा व्यक्त गर्नुभएको छ।

जवाफी पत्रमा सी चिनफिङले नौ वर्षयता, चीनको अन्तरिक्षको विकासका लागि तपाईंहरूले निरन्तर योगदान दिँदै नयाँ इतिहास सिर्जना गर्दै जाने आशा व्यक्त गर्नुभएको छ।

थाहा भए अनुसार, सन् २०१३ को मे ४ मा, सी चिनफिङले "चिनियाँ सपनाको कार्यान्वयन युवाहरूको जिम्मेवारी" नामक कार्यक्रममा सहभागी हुँदै सम्बद्ध क्षेत्रमा कार्यरत उत्कृष्ट युवा प्रतिनिधिहरूसँग छलफल गर्नुभएको थियो। चिनियाँ कम्युनिष्ट युथ लिगको स्थापनाको १००औँ वार्षिकोत्सवका अवसरमा अन्तरिक्ष स्टेशन निर्माणमा संलग्न युवा टोलीले सी चिनपिङलाई पत्र लेख्दै चीनलाई अन्तरिक्ष ठूलो मुलुक बनाउने दृढ संकल्प व्यक्त गरेका थिए।

Close
Messenger Pinterest LinkedIn