नेपाली

पूर्वी टिमोरका नव-निर्वाचित राष्ट्रपति होर्टालाई सी चिनपिङको बधाई सन्देश

CRI2022-05-03 16:52:50

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले मे ३ जोस रामोस-होर्टा पूर्वी टिमोरको राष्ट्रपति निर्वाचित हुनु भएकामा उहाँलाई बधाई सन्देश पठाउनु भएको छ।

चीन र पूर्वी टिमोर बीच दौत्य सम्बन्ध स्थापना भएका २० वर्षमा आपसी व्यावहारिक सहयोग झन् गहन हुँदै गएको र द्विपक्षीय सम्बन्धमा विकासको फड्को मारेको कुरा सी चिनफिङले उल्लेख गर्नु भएको छ। जसबाट दुई देशका जनताले ठोस लाभ प्राप्त भएको पनि सीले आफ्नो बधाई सन्देशमा भन्नु भएको छ। पारस्परिक सम्बन्धको विकासमा ठूलो महत्त्व दिँदै आपसी असल सम्बन्धको प्रवर्द्धन तथा आपसी विश्वास र पारस्परिक हितको व्यापक सहयोगात्मक साझेदारी सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनका लागि राष्ट्रपति होर्टासँग मिलेर काम गर्ने इच्छा पनि सीले व्यक्त गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn