नेपाली

छ्युश अखबारमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको विज्ञान तथा प्रविधिबारेको महत्वपूर्ण लेख

cri2022-04-30 16:42:56

मे १ तारिखको छ्युश् अखबारका लागि चीनका राष्ट्राध्यक्ष सी चिनफिङको“विज्ञान तथा प्रविधिमार्फत् बलियो मुलुकको निर्माण तीव्र, वैज्ञानिक तथा प्राविधिक आत्मनिर्भरता”महत्वपूर्ण विषयक लेख प्रकाशित हुँदैछ।

लेखले पार्टी तथा जनकार्यमा विज्ञान तथा प्रविधि कार्यको निकै महत्वपूर्ण रणनीतिक स्थान रहेको र निकै महत्वपूर्ण रणनीतिक भूमिका निर्वाह गरिरहेको कुरा उल्लेख गरेको छ। चीनको विज्ञान तथा प्रविधि शक्ति मात्रात्मक संचयबाट गुणात्मक तथा प्रणालीगत विकासतिर उड्दै जाने कुरा पनि लेखमा बताइएको छ।

लेखमा भनिएको छ, मौलिक र अग्रणी वैज्ञानिक तथा प्राविधिक अनुसन्धानलाई प्रवर्द्धन गरी प्रविधि युद्ध जित्नुपर्छ। राष्ट्रिय रणनीतिक विज्ञान तथा प्रविधि क्षमतालाई सबल पारी राष्ट्रिय नवीनता प्रणालीको समग्र क्षमतालाई बढाउनुपर्छ। विज्ञान तथा प्रविधिको संस्थागत सुधार गरी समग्र नवीनतालाई समर्थन गर्ने मूल प्रणाली प्रदान गर्नुपर्छ। खुला तथा नवीन सिर्जनात्मक वातावरण बनाएर विश्वको वैज्ञानिक तथा प्राविधिक व्यवस्थापनमा सहभागी हुनुपर्छ। विभिन्न खालका दक्षतालाई प्रोत्साहन गरी विश्वको उच्चगुणस्तरीय दक्षताको भण्डारको रचना गर्नुपर्छ। चीनको विज्ञान प्रतिष्ठान र चीनको इन्जिनियरिङ प्रतिष्ठानको शैक्षिक नेतृत्व गर्ने, केन्द्रिय प्रविधि विकास गर्ने, दक्षता विकास गर्ने र राष्ट्रिय थिङ्क ट्याङ्क बन्नसक्ने भूमिका निर्वाह गर्नुपर्छ।

Close
Messenger Pinterest LinkedIn