नेपाली

पूर्वाधार निर्माणको प्रवर्द्धनमा चिनियाँ राष्ट्राध्यक्ष सीको जोड

CRI2022-04-27 14:55:29

पूर्वाधार निर्माणको प्रवर्द्धन तथा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको १९ औँ महाधिवेशनयता केन्द्रिय आर्थिक समिति सम्मेलनमा गरिएका निर्णयहरूको कार्यान्वयन अवस्थाबारे अध्ययन गरिएको छ।

अप्रिल २६ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको अध्यक्षतामा आयोजित केन्द्रिय आर्थिक समितिको एघारौँ सम्मेलनमा उक्त अध्ययन गरिएको हो। राष्ट्राध्यक्ष सीले पूर्वाधारको संरचना, बनौट, भूमिका तथा विकास तरिकालाई सुधार गर्दै आधुनिक पूर्वाधार प्रणालीको स्थापना गर्न जोड पनि दिनुभएको छ।

सो सम्मेलनमा राष्ट्रिय विकास तथा सुधार समिति,उद्योग तथा सूचना मन्त्रालय, यातायात तथा ढुवानी मन्त्रालय, बसोबास तथा शहरी ग्रामीण निर्माण मन्त्रालय, कृषि तथा ग्रामीण मन्त्रालय, र जल मन्त्रालयले पूर्वाधार निर्माणको प्रवर्द्धन कार्यबारे गरिएको रिपोर्ट एवम् राष्ट्रिय विकास तथा सुधार समिति, विज्ञान तथा प्रविधि मन्त्रालय, पर्यावरण तथा वातावरण मन्त्रालय, कृषि तथा ग्रामीण मन्त्रालय, आपत्तकालीन व्यवस्थापन मन्त्रालय तथा चिनियाँ जन बैंकले निर्णयहरूको कार्यान्वयन तथा व्यवस्थापनका प्रतिवेदनहरू पनि प्रस्तुत गरिएको छ।

Close
Messenger Pinterest LinkedIn