नेपाली

सी चिनफिङ रनमिन विश्वविद्यालयको अनुसन्धानमा

cri2022-04-26 18:45:57

मार्च ४ तारिख युवा दिवस आउन लागेको अवसरमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले २५ तारिख बिहान चीनको रनमिन विश्वविद्यालयको अनुसन्धान गर्नुभएको छ।

सी चिनफिङले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको तर्फबाट समस्त चीन विभिन्न जातिका युवालाई शुभकामना ज्ञापन गर्नुभयो र रनमिन विश्वविद्यालयका शिक्षक तथा विद्यार्थी, सबै शिक्षकहरू र युवाहरूलाई हार्दिक अभिवादन गर्नुभयो। सी चिनफिङले युवाहरूले पार्टीको शिक्षण सम्झेर राष्ट्रिय पुनरूत्थानको लागि प्रयास गरी वर्तमान युवाको सबभन्दा राम्रो उपलब्धि देखाउनसक्ने आशा आफूले लिएको बताउनुभयो।

सी चिनफिङले कसको लागि दक्षता विकास गर्ने, कसलाई विकास गर्ने, कसरी विकास गर्ने भन्ने शिक्षाको मूल विषय भइरहेको दोहोर्याउनुभयो। पार्टीको नेतृत्व, मार्क्सवादको निर्देशकीय स्थान, पार्टी तथा जनताको कार्यको लागि सेवामा अडिग रहेर लाल चीनको बिँडो थामेर चिनियाँ विशेषतायुक्त तथा विश्व थप स्तरीय विश्वविद्यालयको निर्माण गर्ने बाटो विकास गर्नुपर्ने कुरामा सीले जोड दिनुभयो। व्यापक युवाहरूले समाजवादको मूल धारणाको सुदृढ विश्वासी, सक्रिय प्रसारक, मोडेल अभ्यासी बनेर चीन राष्ट्रको महान् पुनरूत्थानका लागि अथक प्रयास गर्नुपर्ने सीले प्रकट गर्नुभयो।

Close
Messenger Pinterest LinkedIn