नेपाली

राष्ट्राध्यक्ष सीद्वारा पैचिङ विज्ञान तथा प्रविधि विश्वविद्यालयका प्राध्यपकलाई चिट्ठी

CRI2022-04-22 15:10:21

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अप्रिल २१ तारिख पैचिङ विज्ञान तथा प्रविधि विश्वविद्यालयका प्राध्यापकहरूलाई जवाफी चिट्ठी लेखेर अझ बढी उच्च गुणस्तरीय दक्षताको तालिम दिन, इस्पात उद्योगको नवीन विकास र हरित विकास गर्न आग्रह गर्नुभएको छ।

राष्ट्राध्यक्ष सी चिनफिङले विश्वविद्यालय स्थापना भएयता चीनको इस्पात उद्योगको विकासलाई सक्रिय योगदान गरेको भन्दै विश्वविद्यालय स्थापना भएको ७० औँ वार्षिकोत्सवमा विश्वविद्यालयका समस्त शिक्षक तथा विद्यार्थीलाई हार्दिक शुभकामना व्यक्त गर्नुभयो।

हालै पैचिङ विज्ञान तथा प्रविधि विश्वविद्यालयका १५ जना प्राध्यापकहरूले राष्ट्राध्यक्ष सी चिनफिङलाई चिट्ठी लेखेर विश्वविद्यालय स्थापना भएको ७० वर्षयताको अवस्थाबारे जानकारी दिनुका साथै अझै उत्कृष्ट बनाउने तथा विकास गर्ने अठोट प्रस्तुत गरेका थिए।

Close
Messenger Pinterest LinkedIn