नेपाली

पोआउ एशिया मञ्चको वार्षिक सम्मेलनमा राष्ट्राध्यक्ष सीका ६ वटा मुख्य शब्दहरू

CRI2022-04-22 15:13:19

अप्रिल २१ तारिख पोआउ एशिया मञ्चको वार्षिक सम्मेलनको उद्घाटन समारोहमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सम्बोधन गर्नुभएको छ। सो क्रममा उहाँले निम्न ६ वटा मुख्य शब्दहरू प्रस्तुत गर्नुभएको छ।

१-चमत्कार

विगत दश वर्षदेखि एशिया क्षेत्रको स्थीर र तीव्र गतिले आर्थिक वृद्धि भएको देखिन्छ र एशियाले चमत्कार गरेको सीले बताउनुभयो।

२-सहिष्णुता

सुन्य योग सोचाइको सट्टामा वार्ता र सहयोग गर्नु एशियाको सहिष्णुता हो भन्ने कुरा राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभयो।

३-ठूलो पानी जहाज

विश्वका विभिन्न मुलुकहरू एउटै भाग्यको ठूलो पानी जहाजमा बसेको भन्दै कसैलाई समुद्रमा फाल्ने कुरालाई स्वीकार गरिँदैन भन्ने पनि राष्ट्राध्यक्ष सीले दोहोर्याउनुभयो।

४-मेसिन

अन्तर्राष्ट्रिय समूह एउटा जटिल तथा व्यवस्थित मेसिन हो भन्ने कुरा पनि राष्ट्राध्यक्ष सीले उल्लेख गर्नुभयो।

५-खोप

राष्ट्राध्यक्ष सीले खोप विश्वको साझा वस्तु भएको भन्दै चीनले १२० भन्दा बढी मुलुक र अन्तर्राष्ट्रिय संगठनलाई २.१ अर्ब भन्दा बढी खोप प्रदान गरेको र अफ्रिकालाई थप ६० करोड डोज खोप र आशियान मुलुकलाई थप १५ करोड डोज खोप प्रदान गर्ने जानकारी दिनुभयो।

६-ठूलो परिवार

ठूलो होस् वा सानो सबैले एकता तथा उन्नत एशिया एउटा ठूलो पारिवारको रचना गर्न पनि राष्ट्राध्यक्ष सीले जोड दिनुभयो।

Close
Messenger Pinterest LinkedIn