सीद्वारा सर्वतोमुखी तथा गहन सुधार सम्बन्धी केन्द्रीय बैठकको अध्यक्षता
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष, केन्द्रीय सैन्य आयोगका अध्यक्ष, सर्वतोमुखी तथा गहन सुधार सम्बन्धी केन्द्रीय समितिका प्रमुख सी चिन फिङको अध्यक्षतामा अप्रिल १९ तारिख दिउँसो सर्वतोमुखी तथा गहन सुधार सम्बन्धी केन्द्रीय समितिको २५ औं बैठक आयोजना गरिएको छ। सो बैठकमा “डिजिटल सरकारको निर्माणलाई सबल पार्ने निर्देशन”, “ प्रान्तीय स्तरभन्दा सानो क्षेत्रमा वित्तीय व्यवस्थाको सुधार कार्यलाई अघि बढाउने निर्देशन” लगायत प्रस्तावहरुमाथि लेखाजोखा गरी पारित गरिएको छ।
सी चिन फिङले सो बैठकको अध्यक्षता गर्दै नेटवर्कबाट राष्ट्रको उत्थान गर्ने रणनीतिलाई चौतर्फी रुपमा अपनाइनुपर्छ भन्दै डिजिटल प्रविधिलाई व्यापक रुपमा सरकारको संचालन सेवामा उपयोग गरिनुपर्ने, सरकारको डिजिटलकरण र बुद्धिमानकरणलाई अघि बढाइनुपर्ने, राष्ट्रको प्रशासन प्रणाली र प्रशासन गर्ने क्षमताको आधुनिकरणका लागि दरिलो टेवा पुर्याउनुपर्ने कुरामा जोड दिनुभयो।