नेपाली

भयानक बाढीबाट दक्षिण अफ्रिका प्रभावित भएकोमा राष्ट्राध्यक्ष सीद्वारा दक्षिण अफ्रिकी राष्ट्रपतिलाई संवेदना सन्देश

cri2022-04-19 18:56:13

भयानक बाढीबाट दक्षिण अफ्रिका प्रभावित भएकोमा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले अप्रिल १८ तारिख दक्षिण अफ्रिकाका राष्ट्रपति मातामेला रामाफोसालाई संवेदना सन्देश पठाउनुभएको छ।

भयानक बाढीबाट दक्षिण अफ्रिकालाई प्रभावित भई ठूलो जनधन भएकोमा चीन सरकार र चिनियाँ जनताको तर्फबाट तथा आफ्नो व्यक्तिगत रूपमा नेता सी चिनफिङले मृतकहरुलाई गहन रुपमा श्रद्धान्जली व्यक्त गर्नुका साथै मृतकहरुको परिवार,घाइतेहरु र बाढी पिडितहरुलाई हार्दिक संवेदना प्रकट गर्नु भएको छ। दक्षिण अफ्रिकी सरकारको दृढ नेतृत्वमा क्षतिग्रस्त क्षेत्रका जनताले अवश्य नै प्रकोपलाई जितेर छिटै आफ्नो घरबारको पुन:निर्माण गर्ने विश्वास लिएको कुरा पनि राष्ट्राध्यक्ष सीले सन्देशमा उल्लेख गर्नु भएको छ।

Close
Messenger Pinterest LinkedIn