नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा याङ फु आर्थिक विकास क्षेत्रको निरीक्षण

cri2022-04-13 10:05:31

चीनको हाइ नान प्रान्तको निरीक्षण भ्रमणमा रहनुभएका राष्ट्राध्यक्ष सी चिनफिङले अप्रिल १२ तारिख हाइ नान प्रान्तको तान चौ शहरमा अवस्थित याङ फु आर्थिक विकास क्षेत्रको निरीक्षण गर्नुभएको छ।

याङ फु आर्थिक विकास क्षेत्र विदेशी पूँजीद्वारा निर्माण गरिएको र कर संरक्षण क्षेत्रको सहुलियत नीति उपभोग गरेको चीनको पहिलो राष्ट्रिय स्तरीय विकास क्षेत्र हो।

सन् २०२१ मा उक्त याङ फु आर्थिक विकास क्षेत्रको कुल क्षेत्रीय गार्हस्थ्य उत्पादन मात्रा ४३ अर्ब ६६ करोड चिनियाँ युआन पुगेको थियो। जुन सन् २०२० को तुलनामा ३४.२ प्रतिशतले वृद्धि भएको हो।

Close
Messenger Pinterest LinkedIn