नेपाली

एम यू - ५७३५ विमान दुर्घटना सम्बन्धमा अर्को चरणको कामका लागि चिनियाँ राष्ट्राध्यक्षको निर्देशन

cri2022-04-01 15:02:30

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनैतिक व्युरोको स्थायी समितिले मार्च ३१ तारिख एक बैठकको आयोजना गर्दै एम यू - ५७३५ विमान दुर्घटनाको आपतकालीन व्यवस्थापन सम्बन्धी प्रतिवेदन सुनेपछि अर्को चरणको व्यवस्थाको बन्दोबस्त गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव सी चिनफिङले उक्त बैठकमा भाग लिनुका साथै महत्वपूर्ण निर्देशन दिनुभएको छ।

महासचिव सीको निर्देशन अनुसार जनता र जनताको ज्यानलाई सर्वोच्च स्थानमा राख्दै यस दुर्घटना सम्बन्धीको काम राम्ररी गर्नुपर्छ। मृतकको परिवारलाई सहयोग र राहत कार्य राम्ररी गर्नुपर्छ। सबै सम्बन्धित पक्षहरूले दुर्घटनाको अनुसन्धान वैज्ञानिक र व्यवस्थित ढंगले गर्नुपर्दछ, विमानको तथ्याङ्क र विभिन्न सामग्री प्रमाणहरूको व्यापक विश्लेषण गर्न विभिन्न क्षेत्रका विज्ञहरूलाई संगठित गरी दुर्घटनाको कारण र प्रकृति जतिसक्दो चाँडो पत्ता लगाउनुपर्दछ। सामयिकता, सटीकता, खुला र पारदर्शिताको सिद्धान्तबमोजिम सूचना जारी गर्दै सामाजिक सरोकारहरूलाई सक्रिय रूपमा प्रतिक्रिया दिनुपर्छ।

Close
Messenger Pinterest LinkedIn