नेपाली

स्वदेशी उत्पादन तथा आपूर्तिको स्थिरताले विदेशी अस्थिरताको सामना: चिनियाँ राष्ट्राध्यक्ष

cri2022-04-01 10:48:00

अप्रिल १ तारिख《छ्यु श》पत्रिकाले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव एवम राष्ट्राध्यक्ष सी चिनफिङको महत्वपूर्ण लेख सार्वजनिक गरेको छ। यस लेखको शीर्षक《‘तीन ग्रामीण समस्याको समाधानलाई पार्टीको कामको उच्च प्राथमिकतामा राख्दै पूर्ण शक्तिले ग्रामीण क्षेत्रको पुनरुत्थानलाई प्रवर्द्धन गर्नुपर्छ》भन्ने हो।

यो राष्ट्राध्यक्ष सी चिनफिङले सन् २०२० डिसेम्बर २८ तारिख केन्द्रीय समितिको ग्रामीण क्षेत्र कार्य बैठकमा गर्नुभएको सम्बोधन हो। उहाँका अनुसार ऐतिहासिक विचारधाराबाट कृषि उद्योग,ग्रामीण क्षेत्र,किसान गरी तीन ग्रामीण समस्या बुझ्नसकिन्छ।

उहाँले भन्नुभएको छ, ‘महत्वपूर्ण कार्यभारको रूपमा कृषि उत्पादनलाई जोड दिँदै स्वदेशी उत्पादन तथा आपूर्तिको स्थिरताले विदेशी अस्थिरताको सामना गर्नुपर्छ। आउने केही अवधिमा अन्नपातको चाहना निरन्तर बढ्दै जाने छ। माग र आपूर्तिबीचको सन्तुलनका सामु गम्भीर अवस्था देखापर्नेछ। अन्तर्राष्ट्रिय परिस्थितिमा उक्त कार्यभार अझ महत्वपूर्ण देखिन्छ।’

Close
Messenger Pinterest LinkedIn