नेपाली

राष्ट्राध्य सी चिनफिङ र बेलायती प्रधानमन्त्री बोरिस जोहसोन बीच फोनवार्ता

CRI2022-03-25 20:33:51

चीनका राष्ट्राध्य सी चिनफिङले मार्च २५ तारिख बेलायती प्रधानमन्त्री बोरिस जोहसनसँग फोन-वार्ता गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीका अनुसार, चालु वर्ष चीन र बेलायतबीच दौत्य सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सव हो। आधा शताब्दीमा चीन र बेलायतको सम्बन्धमा उतार-चढाव भए तापनि क्रमशः विकसित हुँदै आएको छ। दुई देशको राष्ट्रिय अवस्था फरक र विकसित मार्ग पनि फरक छ। दुवै पक्षले रणनीतिक तथा दीर्घकालीन दृष्टिकोणबाट आपसी सम्मान र खुला तथा सहिष्णुको धारणमा वार्ता तथा आदानप्रदानलाई सबल पार्नुका साथै आपसी हितकर सहकार्यलाई विस्तार पार्नुपर्छ।

प्रत्युत्तरमा प्रधानमन्त्री जोहसनले बेलायत र चीनको सम्बन्ध निकै महत्वपूर्ण रहेको बताउनुभयो। बेलायतले चीनसँग खुला कुराकानी गरेर आदानप्रदान तथा सहकार्य सबल पार्नुका साथै आर्थिक तथा व्यापारिक सहयोग विस्तार गरी जलवायु परिवर्तन, जैविक विविधतालगायत विश्वव्यापी मामिला तथा क्षेत्रीय प्रमुख समस्यामा आदानप्रदान तथा समन्वय गहन पार्ने इच्छा राखेको छ।

उहाँहरूले युक्रेन परिस्थितबारे वैचारिक आदानप्रदान पनि गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn