नेपाली

सी चिनफिङ र दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपतिबीच फोनवार्ता

CRI2022-03-25 19:43:39

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले मार्च २५ तारिख दक्षिण कोरियाका निर्वाचित राष्ट्रपति युन स्योक यौललाई फोन गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले युन पुन राष्ट्रपतिमा नियुक्त हुनु भएकोमा बधाई दिनुभएको छ। उहाँका अनुसार, चीन र दक्षिण कोरिया अडिग छिमेक र अभिभाज्य साझेदारी हुन्। चीनले दुई देशको सम्बन्धमाथि सधैँ महत्व दिएको छ। दुबै पक्षको साझा प्रयासमा चीन र दक्षिण कोरियाको सम्बन्ध चौतर्फी रूपमा तिव्रगतिले विकसित भएर रणनीतिक सहकार्य साझेदारी बनिसकेका छन्। चीन र दक्षिण कोरिया सम्बन्धको विकास दुई देश र जनताको मूल हितसँग अनुकुल हुनुका साथै क्षेत्रीय शान्ति तथा विकास बढाउने प्रस्तावबाट पुष्टि भएको छ। चालु वर्ष दुई देशबीच दौत्य सम्बन्ध स्थापना भएको ३० औँ वार्षिकोत्सव हो। दुई देशले यस अवसरमार्फत् आपसी सम्मान र राजनीतिक विश्वास तथा मैत्री सम्बन्ध बढाएर सम्बन्धको स्थिर विकासलाई नयाँ उचाइमा लानुपर्छ।

दक्षिण कोरियाले चीनसँग उच्चस्तरीय आदानप्रदानलाई घनिष्ट पार्नुका साथै आपसी विश्वास तथा मैत्री सम्बन्ध बढाएर सम्बन्धको अझ उच्चस्तरीय विकास गर्ने इच्छा राखेको युनले प्रत्युत्तरमा व्यक्त गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn