चिनियाँ राष्ट्राध्यक्षद्वारा तुर्कमेनिस्तानका समकक्षीसँग टेलिफोन वार्ता
चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले १६ तारिख तुर्कमेनिस्तानका निवर्तमान राष्ट्रपति बर्दिमुखामेदोभ र नवनिर्वाचित राष्ट्रपति शेरदार बेर्दीमुखमेदोभसँग टेलिफोन वार्ता गर्नुभएको छ। उहाँका अनुसार हाल केही वर्षयता चीन र तुर्कमेनिस्तानबीचको रणनीतिक साझेदारी सम्बन्ध स्थापना भएको छ। चीनले तुर्कमेनिस्तानसँगको सम्बन्धलाई निकै जोड दिँदै तुर्कमेनिस्तानका विभिन्न स्वेदशी तथा विदेशी नीतिको द्दढताका साथ समर्थन दिँदै जाने छ। यी दुबै पक्षहरुले निरन्तर रुपमा स्रोत,प्राकृतिक ग्याँस लगायत विभिन्न क्षेत्रको सहयोगलाई बढाउँदै अझ नयाँ उपलब्धि सिर्जना गर्नुपर्छ।
यसैगरी तुर्कमेनिस्तानका नेताद्वयले हाल केही वर्षयता चीनसँगको सम्बन्धको विकासबाट प्राप्त उपलब्धिको उच्च मूल्याङ्कन गर्नुका साथै चीनसँग विभिन्न क्षेत्रको चौतर्फी सहयोगलाई प्रवर्द्धन गर्ने इच्छा प्रकट गर्नुभएको थियो।