नेपाली

तुर्कमेनिस्तानको राष्ट्रपतिमा निर्वाचित भएकोमा सी चिनफिङद्वारा शेरदार बेर्दीमुखमेदोभलाई बधाई #चिनियाँराष्ट्राध्यक्ष

CRI2022-03-15 18:42:03

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफीङले मार्च 15तारिख शेरदार बेर्दीमुखमोदोभलाई तुर्कमेनिस्तानको राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई सन्देश पठाउनुभएको छ। उहाँका अनुसार स्वतन्त्र भएको 30 वर्षयता तुर्कमेनिस्तानको राष्ट्रिय निर्माण र जातिय पुनरुत्थान कार्य तीव्र गतिमा विकसित भैरहेको देखिन्छ। असल छिमेकी तथा रणनैतिक साझेदारको रुपमा चीनले उक्त उपलब्धिप्रति खुशी व्यक्त गर्दछ। तुर्कमेनिस्तानसँगको सम्बन्धलाई निकै जोड दिँदै राष्ट्राध्यक्ष सीले यी दुबै मुलुकबीचको दौत्य सम्बन्धको 30औँ वार्षिकोत्सवलाई अवसरमा रूपमा अपनाउँदै शेरदार बेर्दीमुखमेदोभसँग आपसी सम्बन्धको नयाँ अध्याय सिर्जना गर्दै जाने आशा गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn