नेपाली

तेह्रौँ चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको पाँचौँ अधिवेशन सम्पन्न #चिनियाँराष्ट्राध्यक्ष

cri2022-03-10 14:17:52

तेह्रौँ चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको पाँचौँ अधिवेशन १० तारिख बिहान विभिन्न एजेण्डामा छलफल गरी सफलतापूर्वक सम्पन्न भएको छ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको स्थायी समितिका सदस्य एवम् चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका अध्यक्ष वाङ याङले उक्त बैठकको अध्यक्षता गर्नुभएको थियो। सी चिन फिङ, ली ख छ्याङ, ली चान शु, वाङ हु निङ, चाउ ल चि, हान चङ र वाङ छि शान जस्ता पार्टी र राज्यका नेताहरू यस पटकको सम्मेलनमा सहभागी हुनुभएको थियो।

चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका अध्यक्ष वाङ याङले आफ्नो सम्बोधनमा बैठकमा पार्टी र राज्यका नेताहरू जस्तै चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष र केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले उद्घाटन र समापन बैठकहरूमा भाग लिनुभएको बताउनुभयो। वाङ याङले सबै सदस्यहरूले सरकारी कार्य प्रतिवेदन र अन्य प्रतिवेदनहरूबारे सावधानीपूर्वक छलफल गरेको पनि बताउनुभयो।

Close
Messenger Pinterest LinkedIn