नेपाली

सी चिनफिङद्वारा महिला दिवसको हार्दिक शुभकामना व्यक्त

CRI2022-03-06 20:21:44

मार्च ६ तारिख दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिनफिङले तेह्रौं चिनियाँ राष्ट्रिय जन राजनैतिक परामर्शदात्री सम्मेलनको पाँचौं अधिवेशनमा भाग लिइरहेका कृषि, सामाजिक हित-कल्याण तथा सामाजिक प्रत्याभूति क्षेत्रका सदस्यहरूसँग भेटघाट गर्दै उहाँहरूबाट राय सुझाव सुन्नुभएको छ।

मार्च ८ तारिख अन्तर्राष्ट्रिय महिला दिवस आउन लागिरहेको उपलक्ष्यमा सी चिनिफिङले दुई अधिवेशनमा सहभागि महिला सदस्यहरू, कार्यकर्ताहरू, चीनका विभिन्न जाति तथा क्षेत्रका महिलाहरू, हङकङ तथा मकाउ विशेष प्रशासनिक क्षेत्र एवम् थाइवानका महिला देशबन्धुहरू, विदेशमा रहेका चिनियाँ मूलका महिलाहरू लगायतलाई हार्दिक शुभकामना व्यक्त गर्नुभयो।

Close
Messenger Pinterest LinkedIn