नेपाली

युवा कार्यकर्ता तालिम कक्षामा सी चिनफिङको महत्वपूर्ण सम्बोधन

CRI2022-03-05 17:17:47

मार्च १ तारिख बिहान सन् २०२२ को वसन्त सेमेस्टरमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय पार्टी स्कूलका युवा र मध्यम उमेरका कार्यकर्ता तालिम कक्षा शुरू भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले सो कक्षाको उद्घाटन समारोहमा महत्वपूर्ण भाषण दिनुभयो।

सम्बोधनमा सीले युवा कार्यकर्ताहरू नै पार्टी र देशको विकासको आशा भएको कुरामा जोड दिनुभएको छ। आदर्शको जगलाई बलियो पार्ने, भ्रष्टाचार विरोधी रेखाको रक्षा गर्ने, राजनैतिक उपलब्धि सम्बन्धि सही दृष्टिकोणलाई खडा गरेर कार्यान्वयन गर्ने, जिम्मेवारी र संघर्षको भावनालाई अगाडि बढाउने, पार्टीको जनतासँगै उभिने पक्षको कार्यान्वयन गर्ने, पार्टीप्रति वफादारीको राजनीतिक चरित्रलाई टेवा दिने र पार्टी तथा जनताको सेवा गर्न योगदान दिँदै नयाँ युगको नयाँ यात्रामा कुनै पछुतो नछोड्न निर्देशन पनि उहाँले दिनुभयो।

Close
Messenger Pinterest LinkedIn