नेपाली

मानवअधिकार विकासको बाटोमा अडिग भएर हिँड्नुपर्ने कुरामा सी चिनफिङको जोड #चिनियाँराष्ट्राध्यक्ष

cri2022-02-26 16:49:36

फेब्रुअरी २५ तारिख दिउँसो चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोले चीनमा मानव अधिकारको विकास मार्गको ३७ औँ सामूहिक अध्ययन गरेको छ। सो अवसरमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङले अध्ययनको अध्यक्षता गर्दै महत्वपूर्ण सम्बोधन गर्नु भएको थियो।

महासचिव सी चिन फिङले अध्ययनको अध्यक्षता गर्दै मानव अधिकारको सम्मान र संरक्षण गर्नु चिनियाँ कम्युनिष्टहरूको निरन्तर प्रयास भएको कुरामा जोड दिनुभयो। उहाँले चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ महाधिवेशनदेखि नै मानवअधिकारको सम्मान र संरक्षणलाई देशको शासन सञ्चालनमा महत्वपूर्ण कार्यका रूपमा जोड दिँदै देशको मानवअधिकार उद्देश्यको ऐतिहासिक उपलब्धिलाई प्रवर्द्धन गरेको कुरा प्रष्ट पार्नुभयो। सी चिन फिङले मानवअधिकारको सम्पूर्ण विकासलाई प्रवर्द्धन गर्न, चीनमा मानवअधिकारको विकासको बाटोमा लाग्न, उच्च गुणस्तरीय र सुन्दर जीवनका लागि जनताको अपेक्षालाई पालना गर्न र विभिन्न पक्षमा अधिकारका लागि जनताको बढ्दो माग निरन्तर रूपमा पूरा गर्न आवश्यक रहेको बताउनुभयो।

Close
Messenger Pinterest LinkedIn