नेपाली

सी चिनफिङ र वाङयीद्वारा ब्रुनाईको स्वतन्त्रता दिवसका अवसरमा शुभकामना सन्देश प्रदान#चिनियाँराष्ट्राध्यक्ष

cri2022-02-24 19:27:35

फेब्रुअरी २३ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ब्रुनाई स्वतन्त्र भएको ३८ औँ वार्षिकोत्सवका सुअवसरमा ब्रुनाइका सुल्तान हाजी हासानाललाई बधाइ सन्देश पठाउनुभएको छ।

सी चिनफिङले स्वतन्त्र भएको ३८ वर्षयता सुल्तानको नेतृत्वमा ब्रुनाईको राष्ट्रिय निर्माणको स्पष्ट उपलब्धि हासिल भएको भन्दै जीवनस्तर बढ्दै आएको व्यक्त गर्नुभएको छ। गत वर्ष ब्रुनाई आशियान अध्यक्ष मुलुक बनेको थियो र सँगै मिलेर चीन-आशियान वार्ता सम्बन्ध स्थापना भएको ३०औँ वार्षिक सम्झना शिखर सम्मेलनको आयोजना गरी चीन-आशियान सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको सीले उल्लेख गर्नुभएको छ।

साथै चीनका परराष्ट्रमन्त्री वाङयीले ब्रुनाईका विदेशमन्त्री एरिवानलाई पनि बधाइ सन्देश पठाउनुभएको छ।

Close
Messenger Pinterest LinkedIn