नेपाली

सी चिन फिङद्वारा न्येरेर नेतृत्व एकेडेमीको उद्घाटन समारोहलाई बधाई सन्देश

cri2022-02-24 19:26:38

फेब्रुअरी २३ तारिखमा न्येरेर नेतृत्व एकेडेमीको उद्घाटन समारोह तान्जानियामा आयोजित भएको थियो। सो अवसरमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङले बधाई पत्र पठाउनुभएको छ।

तान्जानिया रिभोलुसनरी पार्टी, अफ्रिकन नेसनल कंग्रेस अफ साउथ अफ्रिका, मोजाम्बिक लिबरेसन फ्रन्ट पार्टी, एङ्गोलान पिपुल्स लिबरेसन मुभमेन्ट, नामिबियन पार्टी र जिम्बाब्वे अफ्रिकन नेशनल युनियन-प्याट्रियोटिक फ्रन्ट लगायत दक्षिणी अफ्रिकाका छ वटा भगिनी दलको संयुक्त निर्माणमा न्येरेर नेतृत्व एकेडेमीको उद्घाटन समारोह आयोजितको अवसरमा चिनियाँ कम्युनिष्ट पार्टीको तर्फबाट र आफू व्यक्तिगत रुपमा हार्दिक बधाई दिन चाहेको सीले उल्लेख गर्नु भएको छ।

सी चिन फिङले लामो समयदेखि दक्षिणी अफ्रिकाका छ वटा भगिनी दलले राष्ट्रिय स्वाधीनता, निर्माण र विकासका लागि आफ्ना जनतालाई एकताबद्ध र अगुवाइ गर्दै आएको र जनताको समर्थन प्राप्त गरेको कुरा औँल्याउनु भएको छ।

विश्वमा यतिबेला एक शताब्दीमा नदेखिने गहिरो परिवर्तन देखिएको, चीन र अफ्रिकाले एकता र सहयोगलाई सुदृढ गर्ने, जोखिम र चुनौतीहरूको सामना गर्ने, साझा विकासको प्रवर्द्धन गर्ने र जनताको हितमा सुधार गर्ने काम पहिलेभन्दा बढी आवश्यक रहेको कुरामा सी चिनफिङले जोड दिनुभएको छ।

Close
Messenger Pinterest LinkedIn