नेपाली

सी चिन फिङद्वारा बेलायती महारानी एलिजाबेथ द्वितीयलाई संवेदना सन्देश

cri2022-02-22 18:59:33

फेब्रुअरी २२ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले बेलायती महारानी एलिजाबेथ द्वितीयलाई नयाँ कोरोना भाइरस संक्रमण भएकामा संवेदना व्यक्त गर्दै उहाँको शीघ्र स्वास्थ्य लाभको कामना सहित सन्देश पठाउनुभएको छ।

राष्ट्राध्यक्ष सी चिन फिङले चीन-बेलायत सम्बन्धको विकासलाई आफूले ठूलो महत्व दिएको सन्देशमा उल्लेख गर्नु भएको छ। उहाँले यस वर्ष दुई देशबीच दौत्य सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्वस रहेको भन्दै सो अवसरमा द्विपक्षीय सम्बन्धमा नयाँ प्रगति प्रवर्द्धन गर्न र बेलायत पक्षसँग मिलेर काम गर्न आफू इच्छुक रहेको सन्देशमा व्यक्त गर्नु भएको छ।

Close
Messenger Pinterest LinkedIn