नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङ तथा मोनाकोका राष्ट्रनायक बीच भेटवार्ता

cri2022-02-08 15:53:22

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ६ तारिख अपरान्ह पैचिङ जन बृहत् सभा भवनमा मोनाकोका राष्ट्रानायक अल्बर्ट अलेक्जाण्डर लुइस द्वितियासँग भेटवार्ता गर्नुभएको छ।

भेटका अवसरमा राष्ट्राध्यक्ष सीले सन् २०१९ मा मोनाकोको राजकीय भ्रमण गरेयता दुवै देशका विभिन्न विभागहरूले सक्रियताका साथ दुई देशका नेता बीच सम्पन्न महत्वपूर्ण मतैक्यलाई व्यवहारमा उतार्नुका साथै दुई देशको सम्बन्धलाई निरन्तर रूपमा विकास गर्दै आएको औँल्याउनुभएको छ। हाल चीन र मोनाकोको सम्बन्ध ठूलो र सानो तथा विभिन्न इतिहास र संस्कृति बोकेका देश बीचको मैत्रीपूर्ण आदान प्रदान, आपसी हितयुक्त र साझा जीतको उदाहरण बनिसकेको भन्दै दुई देश बीचको सम्बन्ध निरन्तर रूपमा राम्रो दिशातर्फ विकसित हुँदै जाने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ।

सोही क्रममा, अल्बर्ट द्वितियाले पैचिङ हिउँदे ओलम्पिक खेलकुदको उद्घाटन समारोहको सफलताका साथ आयोजना गरेकोमा चीनलाई बधाई ज्ञापन गर्दै चीनले प्रस्तुत गरेको शान्ति र एकताको सशक्त संकेत वर्तमान विश्वका लागि निकै आवश्यक रहेको बताउनुभएको छ।

Close
Messenger Pinterest LinkedIn