नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा बेलायती महारानीलाई बधाई सन्देश

cri2022-02-07 15:11:37

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले फेब्रवरी ६ तारिख बेलायतकी महारानी एलिजाबेथ द्वितियालाई बधाई सन्देश पठाउँदै उहाँ महारानी बन्नुभएको ७० औँ वार्षिकोत्सवको अवसरमा शुभकामना प्रकट गर्नुभएको छ।

आफ्नो सन्देशमा राष्ट्राध्यक्ष सीले महारानी एलिजाबेथ द्वितियाले लामो समययता चीन बेलायत मित्रताको महत्व दिनुका साथै त्यसलाई समर्थन गर्नुभएको भन्दै उहाँ चीन बेलायत सम्बन्धको विकासको साक्षी तथा त्यसलाई अघि बढाउने व्यक्ति हुनुहुन्छ भन्ने कुरा पनि औँल्याउनुभएको छ।

चालु वर्ष चीन र बेलायतबीच दौत्य सम्बन्ध कायम भएको ५० औँ वार्षिकोत्सवको उपलक्ष्यमा दुवै पक्षले यस सुअवसरको सदुपयोग गर्दै मैत्रीपूर्ण पारस्परिक विश्वासलाई गहन पार्नुका साथै अन्तर्राष्ट्रिय समाजका लागि हातमा हात मिलाएर वैश्विक चुनौतीको सामना गर्नुका साथै विश्व शान्ति, स्थिरता र समृद्धिलाई प्रवर्द्धन गर्नका लागि नयाँ योगदान थप्दैजाने आशा पनि राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn