चीन र कतारबीच दृढ पारस्परिक समर्थन हुनुपर्छ :सी चिनफिङ
cri2022-02-05 20:53:31
चीन र कतारबीच आपसमा एकले अर्कालाई द्दढ समर्थन दिनुपर्छ। चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले पाँच तारिख जन बृहत सभाभवनमा पैचिङ हिउँदे ओलम्पिक खेलकुदको उद्घाटन समारोहमा भाग लिनुभएका कतारका राजा एमिल तामिमसँग भेटघाट गर्दै उक्त कुरा बताउनुभएको हो। सीका अनुसार चीन र कतारबीचको वर्तमान सम्बन्धको विकासका सामु नयाँ अवसर देखापरेको छ। चीनले कतारसँग आपसी रणनीतिक साझेदारी सम्बन्धलाई नयाँ उचाईँमा पुर्याउन प्रयास गर्दै जाने आशा छ।
जवाफमा तामिमले चीनसँग स्रोत,पूर्वाधार प्रबन्धको निर्माण आदि क्षेत्रमा सहयोगलाई गहन पार्ने आशा गर्नुभएको छ।