नेपाली

सीद्वारा इक्वेडरका राष्ट्रपतिसँग भेटवार्ता #चिनियाँराष्ट्राध्यक्ष

cri2022-02-05 20:39:19

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले फेब्रुअरी ५ तारिख जन बृहत् सभा भवनमा पैचिङ हिउँदे ओलम्पिक खेलकुदको उद्घाटन समारोहमा उपस्थित हुन आउनुभएका इक्वेडरका राष्ट्रपति गुइलेर्मो लास्सोसँग भेटवार्ता गर्नुभएको छ।

सी चिनफिङले चीनले इक्वेडरसँग अन्तर्राष्ट्रिय मामिलामा घनिष्ठ रूपमा सहयोग गरी साँच्चिकै बहु-पक्षीयतावादको संरक्षण गर्ने इच्छा लिएको भन्दै चीनको विकास अवसर शेयर गर्न इक्वेडरलाई स्वागत गरेको उल्लेख गर्नुभयो।

लास्सोले चीन इक्वेडरको सबभन्दा महत्वपूर्ण सहयोगी साझेदार हो भन्दै एक चीन नीतिमा इक्वेडर दृढताका साथ अडिग रहेको व्यक्त गर्नुभयो। इक्वेडरले चीनसँग विभिन्न क्षेत्रको सहयोगलाई बढाएर बेल्ट एन्ड रोडमा सक्रिय रूपमा संलग्न भई राष्ट्राध्यक्ष सीको विश्व विकास प्रस्तावको समर्थन दिएको पनि उहाँले बताउनुभयो।

Close
Messenger Pinterest LinkedIn