नेपाली

चिनियाँ राष्ट्राध्यक्ष र उज्वेकिस्तानका राष्ट्रपतिबीच भेटघाट

cri2022-02-05 18:47:14

चीन उज्वेकिस्तानको विश्वासिलो तथा भरपर्दो साथी तथा साझेदार हो। चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले पाँच तारिख जन बृहत सभाभवनमा पैचिङ्ग हिउँदे ओलम्पिक खेलकुदको उद्घाटन समारोहमा भाग लिन आउनुभएका उज्वेकिस्तानका राष्ट्रपति मिर्जियोयेभसँग भेटघाट गर्दै उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार यी दुबै मुलुकबीचको दौत्य सम्बन्ध स्थापना भएको ३० वर्ष यता आपसी सम्बन्ध क्रमशः नयाँ उचाईँमा पुर्‍याइरहेको छ। चीनले उज्वेकिस्तानको आधुनिक औद्योगिक प्रणालीको निर्माणका लागि सहायता प्रदान गर्ने आशा छ। चीनले उज्वेकिस्तानसँग गरिबी निवारणमा सघाउँदै यी दुबै मुलुकको ग्रामीण पुनरुत्थान कार्यलाई प्रवर्द्धन गर्ने इच्छा पनि लिएको छ।

भेटमा उज्ज्वेक राष्ट्रपति मिर्जियोयेभका अनुसार चीन एक उन्नत, प्रजातान्त्रिक र आधुनिक देशको नमूना बनेको छ। उज्वेकिस्तानले चीनसँग बेल्ट एण्ड रोडको संयुक्त निर्माण गर्दै रेलमार्ग आदि महत्वपूर्ण सहयोगलाई सक्रिय प्रवर्द्धन गर्दै जाने छ।

Close
Messenger Pinterest LinkedIn