नेपाली

सी चिनफिङद्वारा सर्बियाका राष्ट्रपतिसँग भेटवार्ता#चिनियाँराष्ट्राध्यक्ष

cri2022-02-05 17:21:33

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले फेब्रुअरी ५ तारिख जन बृहत सभा भवनमा पैचिङ हिउँदे ओलम्पिक खेलकुदको उद्घाटन समारोहमा उपस्थित हुन आउनुभएका सर्बियाका राष्ट्रपति अलेक्सान्दारसँग वार्ता गर्नुभएको छ।

सी चिनफिङले दुई देशले रणनीतिक सहयोग र बेल्ट एन्ड रोडको संयुक्त रचनालाई बढाएर चीन-सर्बिया परम्परागत मित्रतालाई अरू बढी व्यवहारिक सहयोग उपलब्धि बनाउनुपर्ने उल्लेख गर्नुभयो। चीनले सर्बियासँग बहु-पक्षीय क्षेत्रको अन्तर्राष्ट्रिय सहयोगलाई बढाएर मानव भाग्य समुदायको रचना गर्न अघि बढाउने इच्छा लिएको सीले व्यक्त गर्नुभयो।

जवाफमा अलेक्सान्दारले सर्बिया चीनको साँच्चिकै साथी भएको भन्दै सिनच्याङ, थाइवानलगायत चीनको केन्द्रिय हितसम्बन्धी विषयमा सर्बिया चिनियाँ जनतासँग दृढताका साथ उभिएको बताउनुभयो। सर्बियाले चीनसँग आर्थिक, व्यापारिक, लगानीलगायत विभिन्न क्षेत्रको सहयोगलाई बढाउने अपेक्षा लिएको उहाँले उल्लेख गर्नुभयो।

Close
Messenger Pinterest LinkedIn