नेपाली

चीन-भियतनाम दौत्य सम्बन्ध स्थापनाको ७२औँ वार्षिकोत्सवमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा बधाई सन्देश

cri2022-01-18 17:12:03

जनवरी १८ तारिख चीन-भियतनाम दौत्य सम्बन्ध स्थापना भएको ७२औँ वार्षिकोत्सवका अवसरमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले भियतनाम कम्युनिष्ट पार्टीका महासचिव गुयेन फु ट्रोङ तथा भियतनामका राष्ट्राध्यक्ष गुयेन सुआन फुच्लाई बधाई सन्देश पठाउनुभएको छ।

बधाई सन्देशमा राष्ट्राध्यक्ष सीले चीन र भियतनामले रणनैतिक विश्वासलाई सुदृढ पारेको बताउँदै सम्पूर्ण सहयोगलाई गहन पारेको र दौत्य सम्बन्धलाई राम्रो प्रवृत्तितिर डोर्याएको बताउनुभयो। चीन र भियतनाम विभिन्न स्तरमा बारम्बार आदानप्रदान गरेको, कोभिड-१९को प्रतिरोध र रोकथाम सहयोग सुचारू रूपमा चलेको, दुई मुलुकका जनतामा हित पुर्याएकोमा पनि राष्ट्राध्यक्ष सीले खुशी व्यक्त गर्नुभएको छ।

चीन र भियतनाम समाजवादी मैत्रीपूर्ण छिमेकी भएर मैत्रीपूर्ण सहयोग गर्ने दिशामा लागिरहने बताउँदै उहाँले दुई पक्षको संयुक्त रणनैतिक साझेदारी क्षेत्रीय तथा विश्वको शान्तिपूर्ण विकासका लागि पनि हितकर हुने बताउनुभयो। राष्ट्राध्यक्ष सीले भन्नुभयो,‘चीनले भियतनामसँग प्रयास गरी दुई पार्टी र दुई मुलुकको सम्बन्ध स्थिर रूपमा विकास गर्न, दुई मुलुकका जनतालाई अझ बढी हितकल्याण पुर्याउने इच्छा लिएको छ।’

Close
Messenger Pinterest LinkedIn