चिनियाँ राष्ट्राध्यक्ष र माल्टाका राष्ट्रपतिबीच टेलिफोन वार्ता #चिनियाँराष्ट्राध्यक्ष
चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले जनवरी १० तारिख माल्टाका राष्ट्रपति भिल्लासँग टेलिफोन वार्ता गर्नुभएको छ। राष्ट्राध्यक्ष सीले पचास वर्षयता अन्तर्राष्ट्रिय परिस्थिति परिवर्तित भए तापनि चीन र माल्टाबीचको सम्बन्ध सधैँ नै स्वस्थ तथा स्थिर रूपमा विकसित भइरहेको बताउनुभएको छ।
यी दुवै मुलुकले दौत्य सम्बन्ध स्थापना भएको पचासौँ वार्षिकोत्सवको स्वागत गर्दै चीनले माल्टासँग बेल्ट एण्ड रोडलाई प्रवर्द्धन गर्दै अर्थतन्त्र तथा व्यापार,चिकित्सा,स्वच्छ ऊर्जास्रोत,यातायात तथा रसद आदि महत्वपूर्ण क्षेत्रको सहयोगलाई विस्तार गर्दै जाने आशा लिएको राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभएको छ।
राष्ट्रपति भिल्लाले माल्टाले चीनसँगको मैत्रीपूर्ण सम्बन्धको विकास सधैँ चाहिरहेको औँल्याउँदै माल्टाले एक चीन नीतिलाई द्दढताका साथ समर्थन गर्दैआएको व्यक्त गर्नुभएको छ। माल्टाले चीनले अन्तर्राष्ट्रिय समाजमा कोभिड-१९ महामारी प्रतिरोधमा खोप सहायता गरेकोमा प्रशंसा गर्दै राष्ट्रपति भिल्लाले पैचिङ हिउँदे ओलम्पिक खेलकूदको सफल आयोजनाको शुभकामना पनि व्यक्त गर्नुभएको छ।