नव वर्षमा राष्ट्राध्यक्षको पहिलो पाठ #चिनियाँराष्ट्राध्यक्ष
एक वर्षअघि अर्थात् सन् २०२१ जनवरी ११ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको पार्टी स्कूलमा प्रान्तीय स्तरीय उच्च नेताहरुबीच पार्टीको १९औँ केन्द्रीय समितिको पाँचौँ पूर्ण बैठकको भावना सिक्ने मुख्य विषयको गोष्ठीमा भाग लिनुभएको थियो। उक्त गोष्ठीमा उहाँले नयाँ विकास चरणको नयाँ विचारधाराको पालना गर्दै “चौधौँ पञ्च वर्षीय अवधि”को उच्च गुणस्तरीय विकासलाई प्रवर्द्धन गर्नुपर्ने आग्रह गर्नुभएको थियो।
वास्तवमा यो राष्ट्राध्यक्ष सीले पार्टी स्कूलमा प्रान्तीय स्तरीय उच्च नेताहरुलाई दिनुभएको पहिलो पाठ होइन। हरेक वर्षको गोष्ठीमा राष्ट्राध्यक्ष सीले पाठ सिकाउँदै आउनुभएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ महाधिवेशनयता हरेक नयाँ वर्षको शुरुवातमा राष्ट्राध्यक्ष सी चिनफिङले पार्टीका उच्च स्तरीय सदस्य तथा नेताहरुलाई आमने सामने रहेर पाठ सिकाउँदैआउनुभएको छ। यो पाठ कार्यक्रम विदेशी क्षेत्रलाई चिनियाँ कम्युनिष्ट पार्टीको नयाँ वर्षको शासन नीति नियमको अवलोकन गर्ने माध्यम बनेको छ।
वितेको वर्षको पुनरावलोकन गर्दै चिनियाँ कम्युनिष्ट पार्टीको एक सय वार्षिकोत्सवको महत्त्वपूर्ण ऐतिहासिक अवधिमा १९औँ महाधिवेशनको छैठौँ पूर्ण बैठकको संयोजनसँग निकै महत्त्वपूर्ण भावार्थ रहेको छ। यस बैठकले चिनियाँ कम्युनिष्ट पार्टीको तेस्रो ऐतिहासिक निर्णय प्रस्ताव ‘चिनियाँ कम्युनिष्ट पार्टीको सय वर्ष प्रयासको महत्त्वपूर्ण उपलब्धि तथा अनुभव सम्बन्धी निर्णय प्रस्ताव’ पारित गरेको छ। यस निर्णय प्रस्तवलाई गहन रुपमा व्यवहारमा उतार्नु नै चिनियाँ कम्युनिष्ट पार्टीको वर्तमान तथा भावी महत्त्वपूर्ण राजनीतिक कार्यभार बनेको छ।