नेपाली

चिनियाँ राष्ट्राध्यक्ष र बेलारुसका राष्ट्रपतिबीच टेलिफोन वार्ता #चिनियाँराष्ट्राध्यक्ष

cri2022-01-10 19:58:54

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले जनवरी १० तारिख बेलारुसका राष्ट्रपति एलेक्जाण्डर लुकाशेन्कोसँग टेलिफोन वार्ता गर्नुभएको छ। यो वर्ष चीन र बेलारुसबीच दौत्य सम्बन्ध स्थापना भएको तीसौँ वार्षिकोत्सव हो। राष्ट्राध्यक्ष सीका अनुसार तीस वर्षयता चीन र बेलारुसबीचको सम्बन्धमा धेरै उपलब्धिहरु हासिल भएको छ। बेल्ट एण्ड रोडको संयुक्त निर्माणमा यी दुबै मुलुकबीचको सहयोगले स्थिरता पाएको देखिन्छ। द्विपक्षीय व्यापार रकम यी तीस वर्षमा ५० गुणाले बढेको छ। चीनले यो तीसौँ वार्षिकोत्सवलाई एक शुरुवातको रुपमा लिँदै बेलारुससँगको चौतर्फि रणनीतिक साझेदारी सम्बन्धको प्रवर्द्धनका लागि प्रयास गर्दै जाने आशा छ।

राष्ट्रपति लुकाशेन्कोले बेलारुसी जनताले चिनियाँहरुप्रति सदिच्छापूर्ण तथा मैत्रीपूर्ण भावना लिएको बताउँदै चीनले सधैँ बेलारुसलाई राजनीतिक तथा मानवीय समर्थन दिँदै आएकोमा धन्यवाद व्यक्त गर्नुभएको छ। बेलारुस सधैँ नै चीनको द्दढ सहयोगात्मक साझेदारी भएको र बेलारुसले वर्तमान जटिल अन्तर्राष्ट्रिय परिस्थितिमा चीनसँग घनिष्ट सम्पर्क राख्दै आपसी सम्बन्धलाई नयाँ स्तरमा उकास्ने आशा गरेको पनि उहाँले बताउनुभएको छ।

Close
Messenger Pinterest LinkedIn