चीन र तुर्कमेनिस्तानबीच दौत्य सम्बन्ध स्थापना भएको ३०औँ वार्षिकोत्सवको अवसरमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र तुर्कमेनिस्तानका राष्ट्रपति बेर्दीमुखामेदोभद्वारा एक अर्कालाई बधाई सन्देश
सन् २०२२ को जनवरी ६ तारिख चीन र तुर्कमेनिस्तानबीच दौत्य सम्बन्ध स्थापना भएको ३०औँ वार्षिकोत्सवको अवसरमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र तुर्कमेनिस्तानका राष्ट्रपति बेर्दीमुखामेदोभले एक अर्कालाई बधाई सन्देश पठाउनुभएको छ।
राष्ट्राध्यक्ष सी चिनफिङले ३० वर्षअघि दौत्य सम्बन्ध स्थापना भएयता चीन र तुर्कमेनिस्तानबीचको सम्बन्धले फड्को मारेको औंल्याउनुभयो। उहाँले चीन र तुर्कमेनिस्तान बीचको सम्बन्धको विकासले दुई देश र जनतालाई ठोस लाभ मात्र नभइ क्षेत्रीय शान्ति र स्थिरता कायम राख्न पनि महत्वपूर्ण योगदान दिएको उल्लेख गर्नुभयो।
यसै गरी, तुर्कमेनिस्तानका राष्ट्रपति बेर्दीमुखामेदोभले दुई देश बीच दौत्य सम्बन्ध स्थापना भएदेखि तुर्कमेनिस्तान र चीनले विभिन्न क्षेत्रहरूमा व्यापक रूपमा सहयोग आदानप्रदान गर्नुका साथै अद्वितीय बहु-स्तरीय समन्वय संयन्त्र स्थापना गरेको बताउनुभयो।