चीन र उज्वेकिस्तानका राष्ट्रनायकबीच बधाई सन्देश आदानप्रदान
cri2022-01-02 16:11:43
सन् २०२२ जनवरी २ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले उज्वेकिस्तानका राष्ट्रपति शाभ्काट मिर्जीयोयेभलाई दुई मुलुकको दौत्य सम्बन्ध स्थापना भएको ३०औं वार्षिकोत्सवका अवसरमा बधाई सन्देश दिनु भएको छ।
सीले राष्ट्रपति मिर्जीयोयेभसँग मिलेर चीन र उज्वेकिस्तानको चौतर्फी रणनीतिक साझेदारी सम्बन्धमा नयाँ अध्याय लेख्ने आशा व्यक्त गर्नुभयो।
मिर्जीयोयेभले उज्वेकिस्तानले चीनसँग “बेल्ट एण्ड रोड”को सहयोगलाई निरन्तर रुपमा सबल पार्ने कुरा बताउनुभयो।