नेपाली

“हिउँदे ओलम्पिक खेलकुदको सपना”

cri2021-12-31 16:50:11

सन् २०२२ जनवरी ५ तारिख पैचिङ हिउँदे ओलम्पिक खेलकुद आयोजना हुन तीस दिन बाँकी रहने दिन हो। फेब्रुअरी ४ तारिख चीनले पहिलो पटक हिउँदे ओलम्पिक खेलकुदको आयोजना गर्दैछ। यस पटकको हिउँदे ओलम्पिक खेलकुदको राम्रोसँग आयोजना गर्नु सी चिनफिङको केन्द्रमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले गरेको ठूलो रणनीतिक परियोजना हो र चीन तथा विश्वको प्रतिबद्धता पनि हो।

चीनमा बरफ र हिउँको विकास सी चिनफिङको इच्छा हो। सन् २०१४ मा रुसमा सोची हिउँदे ओलम्पिक खेलकुदमा सहभागी चिनियाँ प्रतिनिधि मण्डलसँग भेटघाट गर्दै सी चिनफिङले “चीनका तीस करोड व्यक्ति बरफ र हिउँ खेलमा सहभागी हुने” इच्छा प्रस्तुत गर्नुभयो।

धेरै वर्षहरूपछि सी चिनफिङको इच्छा चीनमा साकार हुँदैछ। अझै धेरै चिनियाँहरूले पैचिङ हिउँदे ओलम्पिक खेलकुदका कारण बरफ र हिउँ खेलमा सहभागी भएका छन्।

Close
Messenger Pinterest LinkedIn