चीन र रुसका राष्ट्रानायकहरूबीच नयँवर्षको शुभकामना आदानप्रदान
cri2021-12-31 20:28:00
सन् २०२१ डिसेम्बर ३१ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले रुसका राष्ट्रपति भ्लादिमर पुटिनलाई नयाँवर्षको शुभकामना सन्देश पठाउनुभएको छ।
राष्ट्राध्यक्ष सीले चीन सरकार र चिनियाँ जनताको तर्फबाट राष्ट्रपति पुटिन र रुसी जनतालाई नयाँ वर्ष सन् २०२२ का अवसरमा मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ।
रुसी राष्ट्रपति पुटिनले पनि राष्ट्राध्यक्ष सी चिनफिङलाई हार्दिक शुभकामना दिनुभयो र मैत्रीपूर्ण चिनियाँ जनतालाई अभिवादन गर्नुभयो।
सोही दिन चीनका प्रधानमन्त्री ली खछ्याङ र रुसी प्रधानमन्त्री मिखाइल मिसुस्टिन बीचमा पनि नयाँ वर्षको शुभकामना सन्देश आदानप्रदान भएको छ।