नेपाली

सी चिनफिङः खेतलाई खेतीका रूपमा प्रयोग गर्नुपर्छ

cri2021-12-27 18:51:22

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको ग्रामीण कार्य सम्मेलन डिसेम्बर २५ देखि २६ सम्म पैचिङमा आयोजना भएको छ। सो सम्मेलनमा ग्रामीण क्षेत्र, कृषि, किसान कार्यको विश्लेषण गरिनुका साथै सन् २०२२ का लागि ती कार्यको अनुसन्धान तथा बन्दोबस्त पनि गरिएको छ। सम्मेलनअघि पार्टीका महासचिव सी चिनफिङले केन्द्रीय समितिको राजनैतिक व्यूरोको स्थायी सदस्य सम्मेलनको अध्यक्षता गर्दै सम्बन्धित महत्वपूर्ण सम्बोधन गर्नुभएको छ।

सम्बोधनमा सीले चिनियाँहरूको खाने कचौरा जहिल्यै पनि आफ्नो हातमा राख्नुपर्छ भन्ने कुरामा जोड दिनुभएको छ। अन्नबालीको सुरक्षाको प्रत्याभूति दिने काम सबैको जिम्मेवारी हो भन्दै खेतीलाई खेतीको रूपमा प्रयोग गर्नुपर्छ र गुणस्तरीय खेती हुनुपर्छ भन्ने पुष्टि पनि उहाँले गर्नुभएको छ। यसका अतिरिक्त, ग्रामीण पुनरूत्थानको पूर्वाधार नै गरिबी निवारणको उपलब्धिलाई निरन्तर रूपमा कायम राख्नुपर्छ जसबाट गरिब सर्वसाधारणको जीवनलाई अझ राम्रो स्तरमा उकास्नुपर्छ भन्ने प्रकाश पनि उहाँले पार्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn